कलाकार संघमा सरिताले दिइन् उम्मेदवार

Mar 17th, 2023

काठमाडौं, चैत ३

कलाकार संघको आसन्न निर्वाचनमा सरिता राजोपाध्यायले पनि उम्मेदवार दिएकी छिन् । राजोपाध्यायले कार्यसमिति सदस्यकाे स्वतन्त्र उम्मेदवारी दिएकी हुन् ।
कलाकार कलाकारबीच राम्रो सम्बन्ध स्थापित गर्न कलाकार संघमा उपयुक्त नेतृत्व आवश्यक रहेको उनको भनाई छ ।

राजधानीमा चैत ४ गते शनिबार सुरु हुने महाधिवेशनले नयाँ नेतृत्वको निर्वाचित गर्ने कार्यक्रम छ ।
कलाकार संघमा अभिनेत्री रेजिना उप्रेती र कलाकार मोहन निरौला प्यानल बनाएर प्रतिश्पर्धामा होमिएका छन् ।
उनले धेरै चलचित्रमा आफ्नो कला देखाइसकेकी छिन् ।