युएईविरुद्ध नेपालको जित

Mar 16th, 2023

काठमाडौं, चैत २

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले जित हात पारेको छ । युइएविरुद्ध डकवर्थ लुइस (डिएलएस) पद्धतिमा नेपालले ९ रनले जित हात पारेको हो ।

यूएईका लागि आसिफ खानले १०१ तथा वृत्य अरविन्दले ९४ रनको योगदान दिएका थिए ।  जवाफी ब्याटिङमा उत्रेको नेपालका लागि चार जना खेलाडीले अर्ध शतकीय पारी खेले । भीम सार्कीले ६७ रन, आरिफ शेखले ५२ रन बनाउँदा गुल्शन झा र कुशल भुर्तेलले समान ५०५० रन बनाए । 

नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाएको थियो । जितसँगै नेपाल विश्वकप छनोटमा प्रवेश गरेको छ ।