• गृहपृष्ठ
  • रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा

रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा

Mar 16th, 2023

काठमाडौं, चैत २

रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा रियलले लिभरपुललाई १-० गोलले पराजित गर्दै समग्रमा ६-२ को जितसहित क्वाटरफाइनलमा प्रवेश गरेको हो ।पहिलो लेगमा रियल मड्रिडले लिभरपुललाई ५-२ गोल अन्तरले हराएको थियो ।

बुधबार राति दोस्रो लेगमा रियललाई जित दिलाउन करिम बेन्जिमाले निर्णायक गोल गरे ।बेन्जिमाले खेलको ७८ औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।