• गृहपृष्ठ
  • नक्कली सवारी चालक अनुमति पत्र बनाउने व्यक्ति पक्राउ

नक्कली सवारी चालक अनुमति पत्र बनाउने व्यक्ति पक्राउ

Mar 15th, 2023

काठमाडौं, चैत १

नक्कली सवारी चालक अनुमति पत्र बनाउने कार्यमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पर्साका पारस साह तुराहलाई पक्राउ गरेको हो ।   

तुराहमाथि शंका लागि शरीर खाेजतलासी गर्ने क्रममा उनको साथबाट नक्कली लाइसेन्स फेला परेको हो । 

उनीमाथि लिखत सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ ।