नेप्से २४ अंकले गिरावट

Mar 13th, 2023

काठमाडौं, फागुन २९

सोमबार पनि सेयर बजारमा गिरावट आएको छ । अघिल्लो दिन २८ अंकमाथिले घट्दै नेप्से सूचक १९ सय ७४ अंकको विन्दुमा ओर्लिएकोमा आज थप २४.६८ अंकको गिरावट आएको हो ।

नेपाल स्टक एक्सचेञ्जका आज नेप्से सूचक १९ सय ५१.२१ अंकको विन्दु कायम भएको छ ।  २४ अंकमाथिले नेप्से घटेको बजारमा आज १ अर्ब १६ करोड २५ लाख रुपैयाँ बराबरको ३३ लाख ६९ हजार कित्ता सेयर कारोबार भएको छ । 

आज पनि १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार राताम्मे भएको छ । बैंक, विकास बैंक, जीवन बीमा, म्यानु एण्ड प्रो, माइक्रो फाइनान्स, म्युचुअल फन्ड र इन्भेष्टमेन्ट समूहको उपसूचक १ प्रतिशत माथिले घटेका छन् भने बाँकी उपसूचक १ प्रतिशत भन्दा कमले घटेका छन् । 

आज पनि शिभम् पावर कम्पनीका सेयरधनीहरुले ९.९८ प्रतिशतले कमाएका छन् भने खप्तड लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले ७.६२ प्रतिशतले गुमाउन पुगेका छन् ।