• गृहपृष्ठ
  • संगीत कलाकर्मी संघमा देवेन्द्र वाग्ले

संगीत कलाकर्मी संघमा देवेन्द्र वाग्ले

Mar 10th, 2023

ललितपुर, फागुन २६
ललितपुरको महालक्ष्मी नगरको संगीत कलाकर्मी संघमा देवेन्द्र वाग्लेको अध्यक्षतामा १३ सदस्यीय कलाकर्मी संघ गठन भएको छ । कार्यक्रम राष्ट्रिय संगितकर्मी संघका केन्द्रिय सदस्य विक्रम जंग शाहको प्रमुख आतिथ्यतामा भएको थियो ।

विशेष अतिथिमा लय संगौला, अतिथीमा गोदावरी नगर संगीत कलाकर्मी संघकी सचिव वेवी राजभण्डारी लगायतको उपस्थितीमा भएको थियो ।

त्यस्तै, बरिष्ठ उपाध्यक्षमा निरञ्जन शर्मा, प्रथम उपाध्यक्षमा मुकुन्द ठकरी, दितीय उपाध्यक्ष विनयजंग बस्नेत, सचिवमा सृजना घिमिरे, कोषाध्यक्षमा सरस्वती महर्जन, सदस्यहरुमा गोपी कार्की, प्रदीप के.सि., सक्षम महर्जन रहेका छन् । महालक्ष्मी नगर संगीतकर्मी संघ गठन भएको प्रवक्ता सोभा घिमिरेले जानकारी गराइन् ।