तीन नाल भरूवा बन्दुक बरामद

Mar 10th, 2023

काठमाडौं, फागुन २६

रुकुम(पूर्व) भुमे गाउँपालिका-३ कागती खोलाको जंगलमा वेवारिसे अवस्थामा रहेको ३ नाल भरुवा बन्दुक शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त जंगलबाट बन्दुक फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।