• गृहपृष्ठ
  • नक्कली म्यानपावर खोली रकम ठगी गर्ने व्यक्ति पक्राउ

नक्कली म्यानपावर खोली रकम ठगी गर्ने व्यक्ति पक्राउ

Mar 10th, 2023


काठमाडौं, फागुन २६

प्रहरीले काठमाडौंबाट नक्कली म्यानपावर खोली रकम ठगी गर्ने व्यक्ति पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाँउपालिका-२ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-१४ गाईबाछाटोल बस्‍ने २८ वर्षीय आदेश तामाङ रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको भीनभवन बानेश्वरबाट पक्राउ गरेको हो ।

उनले १०० जना भन्दा बढी व्यक्तिहरुलाई वैदेशिक रोजगारको लागी मलेसियामा रहेको टेलिप्लेक्स मेडिकल SDN,BSD को कम्पनिमा आकर्षक तलबमा पठाई दिन्छौ भनि रकम लिई ठगी गरेको प्रहरीले जानकारी दिए ।

पक्राउ परेका उनीमाथि ठगीसम्बन्धी कसूरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।