दुई थान एकनाले भरूवा बन्दुक बरामद 

Mar 7th, 2023

काठमाडौं, फागुन २३

रुकुमको सिस्ने गाउँपालिका-६ रानिकोट जंगलको ओडारबाट वेवारिसे अवस्थामा रहेका दुईथान एकनाले भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। शनिबार साँझ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले वेवारिसे अवस्थामा रहेका उक्त बन्दुक फेला पारी बरामद गरेको हो। 

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।