नेपालले आज यूएईसँग खेल्दै

Mar 6th, 2023

काठमाडौं, फागुन २२

काठमाडौं। आईसीसी विश्वकप लिग टू अन्तर्गतको शृङ्खलामा नेपालले आज संयुक्त अरब इमिरेट्स यूएईसँग खेल्दैछ । खेल विहान पौने १२ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

घाइते भएका कारण आजको खेलमा  कुशल भुर्तेलले खेल्न पाउने छैनन् । कुशलको ठाउँमा सन्दीप जोराले खेल्ने पक्का भएको छ । यसै शृङ्खला अन्तर्गत यूएईसँग भएको पहिलो खेलमा नेपाल पराजित भएको थियो । युएई भने बाँकी दुई वटै खेलमा पपुवा न्यूगिनिसँग पराजित भएको छ ।

नेपालले लिग–२ मा ५ खेल खेल्न बाँकी नै छ । बाँकी सबै खेल जितेमा नेपालले सोझै विश्व कप छनोट खेल्न पाउनेछ भने ३ खेल जिते एकदिवसीय मान्यता कायमै रहनेछ ।