अनलाईन मार्फत ठगी गर्ने पक्राउ

Mar 5th, 2023

काठमाडौं, फागुन २१

काठमाडौं । अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक युवक प्रकाउ गरेका छन् । जिल्ला जुम्ला चन्दननाथ नगरपालिका ६ घर भई हाल जिल्ला काठमाडौं महानगरपालिकाका ३२ नरेफाँट बस्ने २४ वर्षको राज रोकायालाई प्रहरीले पक्राउ गरेको छ ।

पिडितलाई सामाजिक संजाल इन्स्टाग्राम मार्फत फोलो गरी साथी बनाई निजसंग कुराकानी गरेर अनलाईनमा रकम लगानी गरे बापत दोब्बर हुन्छ भनी ईसेवा, खल्ती जस्ता वालेटहरुमा रकम पठाउन लगाई उक्त रकम पाउनको लागी फारम लगायत फाइदा आएको रकम बापत लाग्ने चार्ज, खाता अपडेट, एजेन्ट आयोग, सरकारी भ्याट लगायतका प्रयोजनमा रकम तिर्नुपर्छ भन्ने जस्ता विभिन्न बहाना बनाई पिडितलाई झुक्र्याई सात लाख पचत्तर हजार दुई सय ठगी गरेको छ ।

उनलाई ठगी सम्वन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौं पठाईएको प्रहरीले जानकारी दिए ।