• गृहपृष्ठ
  • प्रहरीद्वारा इन्द्रेणी स्कुलमा सचेतनामूलक कार्यक्रम

प्रहरीद्वारा इन्द्रेणी स्कुलमा सचेतनामूलक कार्यक्रम

Mar 5th, 2023

ललितपुर, फागुन २१
ललितपुर । गोदावरी नगरपालिका १२ ठेचो स्थित इन्द्रेणी स्कुलमा सामुदायिक प्रहरी सेवा केन्द्र तिखेदेवलको आयोजनामा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । उक्त जनचेतनामूलक कार्यक्रममा विद्युतिय अपराध, आत्महत्या न्युनिकरण र होलीपर्वलाई मर्यादित रुपमा मनाउन सचेतनामूलक कार्यक्रम गरिएको हो ।

प्रहरीले बालविवाहको बेफाइदा र साइबर अपराधका विषयमा विद्यार्थीलाई पढाउन शुरु गरेको छ । साइबर अपराध र सजाय सम्बन्धी सचेतनामूलक प्रशिक्षण दिइएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र तिखेदेवलका प्रहरी नायव निरीक्षक फूलकुमारी पौडेलले सचेतनामूलक प्रशिक्षण दिइएको हो ।

इन्टनेटको पहुँच बढेसँगै सामाजिक सञ्जाल दुरुपयोगका घटना पनि बढेका छन् । लकडाउन र निषेधाज्ञापछि फेसबुक, ट्वीटर, टिकटक, इन्स्टाग्राम लगायतमार्फत भएका अपराधका उजुरी बढेको साइबर ब्युरोले जनाएको छ।

समाजमा हुँदै आएका अपराध न्यूनीकरण गर्ने प्रयास स्वरुप माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा सचेतना ल्याउन प्रहरीले यस्ता कार्यक्रम गर्दै आएको छ ।