• गृहपृष्ठ
  • नारी दिवसको अवसरमा ललितपुरलाई बालविवाहमुक्त जिल्ला बनाउने अभियान सुरु

नारी दिवसको अवसरमा ललितपुरलाई बालविवाहमुक्त जिल्ला बनाउने अभियान सुरु

Mar 3rd, 2023

ललितपुर, फागुन १९

ललितपुर जिल्लालाई बालविवाहमुक्त जिल्ला बनाउने अभियान थालिएको छ । त्यस अनुसार ‘बालविवाहमुक्त देश निर्माणमा मेरो योगदान’ विषयमा शुक्रबार ललितपुरको सिद्धिपुरमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

११२ औं नारी दिवसको अवसरमा सिद्धिपुर सामुदायिक सिकाई केन्द्र (सीएलसी) र शान्ति शिक्षा अभियान नेपाल ललितपुरको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । अभियन्ता एवं सगरमाथा आरोही कल्पना महर्जनले पाँंच वर्षभित्र ललितपुर जिल्लालाई बालविवाहमुक्त जिल्ला बनाउने अभियान अन्तर्गत कार्यक्रम सुरु भएको बताइन् ।

यस अघि पनि स्कुलस्कुलमा कार्यक्रम गर्दै आएकोमा अबदेखि नगरपालिका, वडा, महिला समूह, सामुदायिक सिकाई केन्द्र (सिएलसी) आदिसँंगको सहकार्यमा प्रत्येक महिना जिल्लाका फरक-फरक ठाउँंहरुमा अन्तरक्रिया कार्यक्रम गर्दै अगाडि वढ्ने योजना उनले बताइन् ।
पहिलो कार्यक्रम सिद्धिपुरमा भएको उनले बताइन्।

सो कार्यक्रममा जिल्लालाई बालविवाहमुक्त जिल्ला घोषणामा आ-आफूले गर्न सकिने योगदानबारे चर्चा गरिएको थियो ।