रियल मड्रिड बार्सिलोनासँग पराजित

Mar 3rd, 2023

काठमाडौं , फागुन १९

स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड बार्सिलोनासंग पराजित भएको छ । बिहीबार राती भएको पहिल लेगमा रियल मड्रिडलाई बार्सिलोनाले १-० गोलले पराजित गरेको हो।

रियल मड्रिडका एडर मिलिटोले खेलको २६ औं मिनेटमा आत्मघाती गोल गरेपछि बार्सिलोनाले जित निकालेको
हो ।

जितसँगै बार्सिलोनाले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। रियल मड्रिडलाई फाइनलमा पुग्न जित निकाल्नु पर्नेछ।अब दोस्रो लेग बार्सिलोनाको घरेलु मैदानमा अप्रिल ५ मा हुनेछ ।