• गृहपृष्ठ
  • सडकसँग आवद्ध बालबालिकाहरूको लागि मोबाइल स्कुल सञ्चालन

सडकसँग आवद्ध बालबालिकाहरूको लागि मोबाइल स्कुल सञ्चालन

Mar 3rd, 2023

काठमाडौं , फागुन १९
सडकसँग आवद्ध बालबालिकाहरूको शैक्षिक स्तर उकास्न साथ साथ नामक सामाजिक संस्थाले मोबाइल स्कुल सञ्चालनमा ल्याएको छ । बुधवार संस्थाले आफ्नो २५ औ वार्षिक उत्सवको अवसरमा मोबाइल स्कुल सञ्चालन गर्न लागेको साथ साथका कार्यकारी निर्देशक विश्वराज बज्राचार्यले बताउनुभयो । बज्राचार्यका अनुसार यस मोबाइल स्कुलमा अध्ययनबाट बञ्चित भएका बालबालिका, कारणवश स्कुल छोडेर बसेका बालबालिकाहरूको हितको लागि अनौपचारिक शिक्षा प्रदान गर्ने शैक्षिक उपकरण भएको जानकारी दिनुभयो।

यसका साथै मोबाइल स्कुलले बालबालिकाको माझमा गुणस्तरीय शिक्षामा पहुँच बनाउनको लागी प्रोत्साहन गर्ने र सम्भावनाको प्रवर्द्धन गर्ने लक्ष्य लिएको बताउनु भयो ।


मोबाइल स्कुल सञ्चालनका मुख्य उद्देश्यहरू:

सडकसँग आवद्ध बालबालिका, विद्यालय बाहिर रहेका बालबालिका, आप्रवासी र गैरआप्रवासी सबैलाई उनीहरूकै स्थानमा गई शिक्षा सम्मको पहुँचमा पुर्याउनु , बालबालिकालाई शिक्षाको महत्व र त्यसको उपयोगिता बारेमा जानकारी गराउँदै शैक्षिक रुपमा बालबालिकाको क्षमताको बिकाश गर्नु , बालबालिका तथा उनीहरूको अभिभावकहरूसँग सम्बन्ध विस्तार गर्दै बालबालिकालाई विद्यालय जान उत्प्रेरित गर्नु । अभिभावकहरूलाई शिक्षाको महत्वबारे जानकारी गराउँदै परिवारबाट नै बालबालिकालाई विद्यालय जाने वातावरण निर्माण गराइदिनका लागी उत्प्रेरित गर्नु ।


कति छ नेपालमा सडक बालबालिकाको सख्या
नेपालमा सडक बालबालिकाको सख्या ५ हजार रहेको छ । सामाजिक तथा आर्थिक कारणले सडकसम्म आइपुग्ने बालबालिकाहरू नैसर्गिक अधिकार बाट बञ्चित भएका छन ।

साथसाथ विगत २५ बर्ष देखि जोखिम परिस्थितिमा रहेका बालबालिकाको क्षेत्रमा कार्यरत गैरआवासीय गैरसरकारी संस्था हो । यसको मुख्य उद्देश्य भनेको जोखिम परिस्थितिमा रहेका बालबालिकाहरूलाई समाजमा पुर्नस्थापनाको गर्नु रहेको छ । साथसाथले त्यस्ता जोखिम परिस्थितिमा रहेका बालबालिकाहरूलाई औपचारिक र अनौपचारिक शिक्षा, सीप मूलक र व्यवसायिक तालिम आर्थिक उपार्जन गर्न सक्ने शिक्षा वा ज्ञान दिई उनीहरूको क्षमतालाई बढाई बौद्धिक विकास गर्न सहयोग गर्नुका साथै हाल आएर सडक बालबालिका तथा सडकसँग आबद्ध बालबालिकाको कानूनी पहिचानको लागि पनि कार्य गर्दै आईरहेको छ ।


फाल्गुन १७ गते मार्च १ का दिन साथसाथ संस्थाले २५ औ बर्षमा प्रवेश गर्दैछ। स्थापनाकाल देखि नै सडक सँग आबद्द बालबालिका सँग प्रतक्ष्य रुपमा काम गरेको हुनाले यस अबसरमा उनीहरूको साथमा बार्षिक उत्सब मनाएको छ । उक्त उपलक्ष्यमा सडक बालबालिका सँग २५ वर्षको बार्षिक उत्सब २५ वटा केक सडकसँग आबद्ध बालबालिकाको माझ काटी मोबाइल स्कुलको उदघाटन सँगै नेपालमा पहिलो पटक मोबाइल स्कुल सञ्चालनमा ल्याएको छ ।


अफ्रिका युरोप अमेरिका हुदै एशियामा मोबाइल स्कुल सञ्चालन गर्ने ३५ औ राष्ट् नेपाल रहेको छ । मोाबाइल स्कुले विश्वभर सडकसँग आवद्ध भएका ६८ हजार बालबालिका माझ अनौपचारिक शिक्षा पुराएको छ । यसैगरी सडक बालबालिकाको शिक्षामा पहुँच पु¥याउनका लागि साथ साथ सस्था नेपालमा पहिलो पटक मोबइल स्कुल सञ्चालनमा ल्याउने पहिलो सस्था रहेको छ ।