आज नेपाल र यूएई भिड्दै

Mar 2nd, 2023

काठमाडौं, फागुन १८

काठमाडौं । नेपाली क्रिकेट टोलीले आज आईसीसी यू–१९ विश्वकप एसियाली छनोट प्रतियोगिताको अन्तिम खेलमा आयोजक युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध खेल्दै छ । 

आजको खेल जितेमा नेपालले श्रीलंकामा हुने २०२४ को आईसीसी यू–१९ विश्वकपमा स्थान पक्का गर्नेछ । चार खेल सकिँदा समान आठ अंक जोडेका यूएई र नेपाल क्रमशः पहिलो र दोस्रो स्थानमा छ । यूएईको रनरेट ४.२६८३ छ भने नेपालको रनरेट ३.८३७० छ । 

नेपाल र यूएईबीचको खेल टोलीबीचको खेल नेपाली समयअनुसार १०ः४५ बजे अजमानस्थित इडेन गार्डेन ओभलमा हुनेछ ।