• गृहपृष्ठ
  • प्रजातन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम

प्रजातन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम

Feb 20th, 2023

फागुन ,८ ललितपुर
महालक्ष्मी नगरपालिका वडा नं.४ ले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तदान जिवनदान हो भन्ने उदेश्यसहित आईतबार प्रजातन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रममा ६९ जनाले रक्तदान गरेको वडा अध्यक्ष अमृत खत्रीले जानकारी दिनुभयो ।

नगरापालिकाका नगरप्रमुख हरिगोविन्द श्रेष्ठ र प्रेम कृष्ण महर्जनको संयोजकत्वमा वडा कार्यालय परिसर इमाडोलमा आयोजित कार्यक्रममा वडा नं.४ का वडा अध्यक्ष खत्रीृ सहित वडा नं. १० का वडा अध्यक्ष विजय स्याङ्ताङ लामा, राष्ट्रिय युवा संघ नेपाल महालक्ष्मी नगरकमिटिका अध्यक्ष सम्राटजंङ् केसीले रक्तदान गर्नुभयो ।

बिरामीको लागि अति आवश्यक पर्ने रगतको चरम अभाव परिपूर्ति गर्ने उदेश्यका साथ सहयोग गर्ने मनशायले रक्तदान आयोजना गरिएको वडा अध्यक्ष खत्रीले बताउनु भयो । वडा अध्यक्ष स्वयंकै यो २६ औं पटकको रक्तदान हो । प्रत्येक तीन तीन महिनामा रक्तदान गर्ने गरेको अध्यक्ष खत्रीले बताउनु भयो ।

बोझेपोखरीका ४९ बर्षिय प्रमोद थापाले ४३ औं पटक रक्तदान गर्नुभएको छ । कार्यक्रममा नगर उपप्रमुख लक्ष्मी महर्जन, वडा नं. १ का अध्यक्ष छिरिङ् लामा, कार्यपालिका सदस्य, माधव श्रीमाली, वडा नं. ३ का वडा सदस्य सुचिन्द्र आचार्य, वडा नं २ का वडासदस्य दाताराम कार्की, अलिख नेपाल महिला संघ महालक्ष्मी नगरकमिटिका अध्यक्ष आशा राईलगायत नगर तथा वडावासीहरुको उलेख्य सहभागिता रहेको थियो ।