• गृहपृष्ठ
  • कोपिला इङ्गलिस सेकेण्डरी स्कूलको २१ औं वार्षिक उत्सव सम्पन्न

कोपिला इङ्गलिस सेकेण्डरी स्कूलको २१ औं वार्षिक उत्सव सम्पन्न

Feb 20th, 2023

फागुन, ८ ललितपुर
ललितपुरको महालक्ष्मी नगरपालिकामा कोपिला इङ्गलिस सेकेण्डरी स्कूलको २१ औं वार्षिक उत्सव सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि प्याब्सन उपाध्यक्ष ईश्वर गुरुङ्गको प्रमुख आतिथ्यतामा भएको थियो । विशेष अतिथिमा महालक्ष्मी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष धर्म महर्जन, अतिथिहरुमा महालक्ष्मी नगरका प्याब्सन अध्यक्ष तथा नमूना इङ्गलिस स्कूलका प्रिन्सिपल कैलाश कुमार मल्ल, सिद्धी मंगल मा.वि. विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी बहादुर महर्जन, पूर्व सिद्धीपुर गा.वि.स. अध्यक्ष कृष्ण कुमार महर्जन, महिला सदस्य शोभा महर्जन लगायत स्कूलका पूर्व विद्यार्थी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै, महालक्ष्मी नगरपालिका वडा नं. ६ का तेश्रो जंकु भएका जेष्ठ नागरिक मिश्री महर्जन र हरिमाया महर्जनलाई सम्मान गरिएको थियो । कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्र बहादुर महर्जनले गरेको थिए ।