पेट्रोलियम पदार्थको मूल्य घट्यो

Feb 16th, 2023

काठमाडौं , फागुन ४
भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । प्रत्येक १५/१५ दिनमा इण्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई दिएको नयाँ मूल्य सूची उपलब्ध गराउदै आएको छ । जस अनुसार आज १६ तारिकका दिन नयाँ मूल्य सूची आएको हो । नयाँ मूल्य सूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटरमा १.९७ रुपैयाँ घटेर आएको छ ।

यस्तै डिजेलको मूल्य प्रतिलिटर साढे ६ रुपैयाँ आसपास घटेर आएको निगमले जनाएको छ । हाल नेपाली बजारमा पेट्रोलको मूल्य १७८ र डिजेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम रहेको छ ।