तोलामा २०० ले घट्यो सुनको मूल्य

Feb 15th, 2023

काठमाडौं, ०३ फागुन

आज ​सुनको मूल्य घटेको छ । मंगलबार तोलामा एक लाख तीन हजार ८०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला २०० ले घटेर एक लाख तीन हजार ६०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला २०० ले घटेर एक लाख तीन हजार १०० मा कारोवार भएको छ । यस अघि मंगलबार तेजावी सुन रु एक लाख तीन हजार ३०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ५ ले घटेर रु एक हजार २९० तोकिएको महासङ्घले जनाएको छ ।