• गृहपृष्ठ
  • रोटरी क्लब ललितपुरको पहलमा ग्रामिण विद्यालयमा छात्रबृती, प्रोजेक्टर र कम्प्युटर वितरण

रोटरी क्लब ललितपुरको पहलमा ग्रामिण विद्यालयमा छात्रबृती, प्रोजेक्टर र कम्प्युटर वितरण

Feb 15th, 2023

काठमाडौं ,३ फागुन

ललितपुरका जिल्लामा रहेका सामुदायिक विद्यालयहरुमा रोटरी अफ ललितपुर र अन्तराष्ट्रिय रोटरी क्लब अफ अमेरिका रहेको माउण्ट बेकर रोटरी क्लबको सहयोगमा ललितपुरको दक्षिण भेगमा रहेको सामुदायिक विद्यालयहरुलाई प्रोजेक्टर र कम्प्युटर सहयोग गरेका छन् । विशेष गरी छात्राहरु र एकल महिलाका सन्तानहरुलाई लक्षित गरी रोटरी अफ ललितपुरका अध्यक्ष सरोज डंगोलको पहलमा अन्तरराष्ट्रिय रोटरी क्लब अफ अमेरिकाका प्रतिनिधि मार्व चोकरको विशेष पहलमा सामुदायिक विद्यालयहरुका प्रिन्सिपलहरुलाई हस्तान्तरण गरेका हुन ।

ललितपुरको सामुदायिक विद्यालयहरु किटीनी हाई स्कूल गोदावरी, विद्यार्थीस्वरी सेकेण्डरी स्कूल आश्रांङ, काली देवी सेकेण्डरी स्कूल माल्टा, जनक सेकेण्डरी स्कूल गिम्दी, चण्डेस्वरी सेकेण्डरी स्कूल प्युटार, पथ प्रदर्शक सेकेण्डी स्कूल बडिखेल, श्री कालीदेवी सेकेण्डी स्कूल प्युटार ४ को विद्यायलयलाई एक एक थान कम्प्युटर, हरिसिद्धी सेकेण्डरी स्कूललाई एक थान प्रोजेक्टर अन्य ५२ विद्यालयका छात्राहरु र एकल महिलाका सन्तानका विद्यार्थीलाई लक्षित गरी बार्षिक ६ हजारका दरले १२ कक्षा सम्म छात्रबृती वितरण गर्ने लक्ष्य राखेको बताइएको थियो । कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठका साथै रोटरी क्लबका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।