• गृहपृष्ठ
  • तेस्रो राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिताको उपाधि प्रवन प्रकृतीलाई

तेस्रो राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिताको उपाधि प्रवन प्रकृतीलाई

Feb 13th, 2023

ललितपुर, १ फागुन
महालक्ष्मी नगरको नगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिताको उपाधि पवन प्रकृती स्कुल टिकाथलीले जितेको छ ।माघ २६ गते विहिबारदेखि तीन दिनसम्म नेपाल डन बस्को स्कुल सिद्धिपुरको खेल मैदानमा संचालन भएको प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोहमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री एंवम् पूर्व मेयर रामेश्वर श्रेष्ठ र नगरप्रमुख हरिगोविन्द श्रेष्ठले सो स्कुललाई कप र शिल्ड प्रदान गरे । पाँच विद्यामा ११ ओटा गोल्डमेडल प्राप्त गरेर पवन प्रकृती स्कुल उत्कृष्ठ स्कूल छनौट भएको हो । पाँच गोल्ड मेडल प्राप्त गरेर सिद्धिमंगल मा।वि। दोस्रो र चार गोल्ड मेडलसहित गम्भीर समुन्द्र सेतु मा।वि। तेस्रो भएका छन् ।

यसैगरी यस बर्षको उत्कृष्ठ विद्यार्थी युनिश शुनुवार भएका छन् । महालक्ष्मी एकेडेमी लूभुका विद्यार्थी सुनुवार तीन हजार मिटर र १५ सय मिटरको दौड दुबैमा प्रथम भएका थिए । प्रतियोगितामा सामेल ३१ विद्यालयमध्ये २१ ओटा विद्यालयले गोल्ड मेडल प्राप्त गरेका छन् । तीन दिनमा तिन विधामा भएको खेलमा एथ्लेटिक्सका १२ वटा विधामा, भलिबल र कबड्डी खेल भएको थियो ।
एथलेटिक्स (रनिङ) तफ तर्फ एक सय मिटरको दौडमा लूभु मा।वि।का प्रविण मगर, प्रवन प्रकृतीका गौरव रिजाल, ब्रुम नेपाल स्कुलका नितेश यादव विजयी भएका छन् । छात्रातर्फ प्रशन्ना कार्की बु्रम नेपाल, सहायता नेम्बे, गम्भिर समुद्र मा.वि., सिद्धि मंगल विद्यालयकी लासाङ् तामाङ् प्रथम, दोस्रो र तेस्रो भएका छन् ।

२ सय मिटरको दौडतर्फ प्रथम कोपिला मा।वि।का आकाश महर्जन, नेपाल डन बस्को स्कुलका रोषा घले दोस्रो र पवन तामाङ सिद्धि मंगल स्कुलका तृतिय भएका छन् । छात्रातर्फ प्रथम दिव्य ज्योति मा।वि। का अमृषा अर्याल, दोस्रो महेन्द्र ग्राम मा।वि का रुपा चौधरी, शुभेच्छा घोरासैनी ब्रुम नेपालका भएका छन् ।

चार सँय मिटरको दौडतर्फ बु्रम नेपालका नितेश यादव, नेपाल डन बस्कोका दोस्रो राम घले तेस्रो आकाश महर्जन कोपिला मावि रहेका छन् । छात्रातर्फ गम्भिर समुद्र सेतु मा।वि। का मनिषा जोशी, दोस्रो हुने डन बस्को स्कुलका श्रेया नेमकुल, तेस्रो शुभेच्छा घोरासैनी ब्रुम नेपाल भएका छन् ।

यसैगरी, आठसय मिटरतर्फ श्रिगेरी स्कूलका रोशन सुवाल, दोस्रो डन बस्को स्कुलका सुमन घले, र सागर चौधरी महालक्ष्मी मावि रहेका छन् । छात्रातर्फ, गम्भिर समुद्रा सेतु माविका मनिषा जोशी, श्रेया नेमकुल, प्रशंसा खत्री छन् । यस्तै, १५ सय दौडतर्फ प्रथम महालक्ष्मी एकेडेमीका युनिश सुनुवार, डन बस्को स्कुलका इलास घले, र रोहित थिंङ्ग तेस्रो भए । छात्रातर्फ सिद्धि मंगल माविका अञ्जली कोईराला, सिद्धि मंगल माविकै अनुषा ढुंगेली, महेन्द्र आदर्श माविका सजना राई तेस्रो भईन् ।

यसैगरी तीन हजार मिटरको दौडमा प्रथम महालक्ष्मी ऐकेडेमीका यूनिश सुनुवार, डन बस्को स्कुलका सुवास उप्रेती दोस्रो र डन बस्कोकै गोषा घले तृतिय भएका छन् । छात्रातर्फ, सिद्धी मंगल मा।वि।का आशा भोलान, सिद्धि मंगल मा।वि।कै विपना थापा मगर, श्रेया तामाङ वेस्टिङ माविका तेस्रो भएका छन् । यसैगरी, भलिबल खेलतर्फ पहिलो महालक्ष्मी माध्यमिक विद्यालय बन्न सफल भएको छ । दोस्रो नेपाल डन बोस्को स्कुल भएको छ ।

छात्रा तर्फभने भलिबलमा सिद्धि मंगल माध्यमिक विद्यालय पहिलो बन्यो भने महालक्ष्मी माध्यमिक विद्यालय दोस्रो बन्यो ।
शनिबार दिउसो भएको फाईनल खेलमा भलिबल छात्र तर्फ महालक्ष्मी माविका खेलाडी नेपाल डन बोस्को स्कुलका खेलाडीलाई हराउँदै विजेता भएका थिए । कवड्डीमा प्रथम छात्र तर्फ पवन प्रकृति स्कुल भएको थियो । दोस्रोमा नेपाल डन बोस्को स्कुल र तेस्रोमा वेष्ट विङ्ग स्कुल र श्रृङ्गेरी सामुदायीक मा।वि। भएका थिए । छात्रा तर्फ पनि पवन प्रकृति स्कुल प्रथम भएको छ । त्यस्तै नेपाल डन बोस्को स्कुल दोस्रो भएको छ भने श्रृङ्गेरी सामुदायीक मा।वि।र महालक्ष्मी मा।वि तेस्रो स्थानमा भएका छन् ।

हाईजम्पमा प्रथम हुनेमा किरण गौतम नेपाल डन बस्को स्कुलका छात्र र सजना राई पवन प्रकृति माविका छात्रा रहेका छन् । त्यस्तै दोस्रो स्थान हुनेमा निशान्त बराईली पवन प्रकृति माविका छात्र र प्रशंसा पाठक श्रृङ्गेरी माविका छात्रा रहेका छन् भने अमृत चौधरी सिस्नेरी माविका छात्र र अनुषा लुङगेली मगर महेन्द्र आर्दर्श माविका छात्रा तेस्रो स्थानमा हुन सफल भएका छन् ।

लङ्गजम्पमा छात्र तर्फ सिद्धि मंगल माविका राजेश खड्का र छात्रा जोशिका सिँह ठकुरी पवन प्रकृतिबाट प्रथम भए । पवन प्रकृति माविका छात्र गौरभ रिजाल र ब्लुम नेपाल स्कुलकी रञ्जना शर्मा दोस्रो भए । गम्भिर समुद्र सेतु मा।वि।का छात्र टेकम भण्डारी र ब्लुम नेपालका छात्रा प्रशान्ना कार्की तेस्रो भए । त्रीपलजम्पको विजेता सिद्धि मंगल माविका छात्र सफल दोङ्ग र पवन प्रकृति माविका छात्रा साजना राई बने । पवन प्रकृति मा.वि.का छात्र गौरब रिजाल र गम्भीर समुन्द्र सेतु मा।वि।का छात्रा उर्मिला विष्ट दोस्रो बने भने नेपाल डन बोस्कको स्कुलका छात्र युनिक रिजाल र फुर्सा लिम्बु तेस्रो भए ।

ज्याभलिङ्गथ्रोमा नेपाल डन बोस्को स्कुलका छात्र दिपक योङ्गहाङ्ग र श्रृङ्गेरी माविका छात्रा रसु नेपाली प्रथम भए । वेष्ट विङ्ग स्कुलका छात्र सुरज महर र मेरी वार्ड स्कुलका छात्रा मनिषा सापकोटा दोस्रो बने भने युनाईटेड एकेडेमीका छात्र विवेक राई र मेरी वार्ड स्कुलका छात्रा समृद्धि श्रेष्ठ तेस्रो बिजयी बनेका छन् ।

एथलेटिक्स रनिङमा २९ विद्यालयका ४४० जना, त्यस्तै भलिबल खेलमा १४ विद्यालयका २२५ विद्यार्थी सहभागी थिए । कबड्डी तर्फ १६ विद्यालयका तीन सय विद्यार्थी सहभागी थिए । महालक्ष्मी नगरका नगरप्रमुख श्रेष्ठ, उपप्रमुख लक्ष्मी महर्जन १० वटै वडाका वडा अध्यक्षहरुले पुरस्कृत विद्यालय र विद्यार्थीहरुलाई नगद पुरस्कार सहित मेडल, तक्मा, प्रमाणपत्र प्रदान गरिएको थियो ।

अन्य अतिथिहरुलाई मायाको चिनो प्रदान गरियो । कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री श्रेष्ठ, नगर प्रमुख श्रेष्ठ र उपप्रमुख महर्जनले शुभकामना मन्तव्य व्यक्त गरे । कार्यक्रमको संचालन प्रमुख शिक्षा अधिकृत चिरञ्जिवी पौडेलले गरेका थिए ।