पीएसजी मोनाकोसँग पराजित

Feb 12th, 2023

काठमाडौँ, २९ माघ

फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) मोनाकोसँग पराजित भएको छ। शनिबार राति भएको खेलमा पीएसजीलाई मोनाकोले ३-१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा मोनाकोलाई जित दिलाउन विसम बेन येडरले दुई एमबाप्पे र गोल गरे।त्यस्तै अलेक्जेन्डर गोलोभिनले एक गोल गरे।पीएसजीका वारेन एमरीले एक गोल गरे।

खेलको चौथो मिनेटमा मोनाकोका अलेक्जेन्डर गोलोभिनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

खेलको १८ औँ मिनेटमा मोनाकोका विसम बेन येडरले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।

खेलको ३९ औं मिनेटमा पीएसजीका वारेन एमरीले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याएका थिए ।

तर,पहिलो हाफको इन्जुरी समयमा मोनाकोका विसम बेन येडरले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-१ को सहज जित दिलाए ।

जितसँगै मोनाकोले २३ खेलबाट ४७ अंक जोडेको छ तालिकाको तेस्रो स्थानमा छ ।पराजित पीएसजीको २३ खेलबाट ५४ अंक छ तर तालिकाको शीर्ष स्थानमा छ ।