• गृहपृष्ठ
  • दक्षिण ललितपुरका ग्रामिण विद्यालयमा छात्रवृती र कम्प्युटर वितरण

दक्षिण ललितपुरका ग्रामिण विद्यालयमा छात्रवृती र कम्प्युटर वितरण

Feb 11th, 2023

आधारभूमि संवाददाता
ललितपुर, माघ २८

ललितपुर जिल्लामा रहेका सामुदायीक विद्यालयहरुमा छात्रवृती र कम्प्युटर वितरण गरिएको छ । ललितपुर जिल्लाको गोदावरी, आस्रांग, माल्टा, गिम्दी, प्युटार, बडिखेल, हरिसिद्धि लगायत ८ वटा विद्यालयहरुमा कम्प्युटर र मल्टिमिडिया प्रोजेक्टर प्रदान गरिएको हो । रोटरी क्लबको सहकार्यमा शिक्षा कार्यक्रम अन्तरगत यी शैक्षिक उपकरण हास्तानतरण गरिएको हो । यसका साथै ललितपुरका विभिन्न विद्यालयहरुका ५२ छात्र र छात्रालाई छात्रवृती दिइएको हो ।

विशेष गरि छात्रालाई लक्षित गरेर वार्षिक ६ हजार रुपैयाँ प्रदान गरिने जानकारी संस्थाले दिएको छ । कार्यक्रमको प्रमुख अतिथिमा बागमति प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठका साथै रोटरी क्लबका सदस्यहरुको पनि सहभागिता रहेको थियो ।