तोलामा १३०० ले घट्यो सुनको मूल्य

Feb 10th, 2023

काठमाडौं ,२७ माघ

आज ​सुनको मूल्य घटेको छ । बिहीबार तोलामा एक लाख चार हजार ९०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला १३०० ले घटेर एक लाख तीन हजार ६०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला १३०० ले घटेर एक लाख तीन हजार १०० मा कारोवार भएको छ । यस अघि बिहीबार तेजावी सुन रु एक लाख चार हजार ४०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३० ले घटेर रु एक हजार २९० तोकिएको महासङ्घले जनाएको छ ।