• गृहपृष्ठ
  • नेपाल हेयरिङ्ग एण्ड स्पिच केयर क्लिनिक प्रा.लिद्वारा १४ जनालाई नि :शुल्क श्रवण यंत्र वितरण

नेपाल हेयरिङ्ग एण्ड स्पिच केयर क्लिनिक प्रा.लिद्वारा १४ जनालाई नि :शुल्क श्रवण यंत्र वितरण

Feb 3rd, 2023

काठमाडौं,२० माघ
नेपाल हेयरिङ्ग एण्ड स्पिच केयर क्लिनिक प्रा।लि नेपालमा नै एक प्रतिष्ठित आधुनिक हेयरिङ्ग क्लिनिक हो । जो नेपालको सुनाई सम्बन्धी समस्या हल गर्ने आधुनिक प्रविधिद्वारा सुसरजीत भई समस्याको समाधान गर्दछ ।

नेपाल हेयरिङ्ग एण्ड स्पिच केयर क्लिनिकद्वारा ३ फरवरी २०२३ मा श्रवण समस्या निःशुल्क श्रवण यंत्र वितरण गरिएको छ । सो वितरण कार्यक्रममा नेपालका प्रतिष्ठित गैर सरकारी संगठन-श्रुती संस्था तथा ईयर केयर नेपालको सहयोगमा आयोजना गरिएको थियो ।

उक्त कार्यक्रम ३५ हजार मूल्य बराबरीको श्रवण यंत्र १४ जनालाई वितरण गरिएको हो । यस्तै यस यंत्रलाई महङ्गो पर्ने भएकाले भन्सारमा कर छुटको माग समेत गरिएको छ ।

यस कार्यक्रमा मुख्य अतिथी श्री अभिनाश पवार (CEO) सिवांटोज इंडिया प्रा।लि। ले नेपाल हियरिङ्ग एण्ड स्पिच केयर क्लिनिक द्वारा गरिएको यस कार्यको सराहना गर्दै आफूहरूले नयाँ टेक्नोलोजिद्वारा श्रवण समस्याको समाधानका साथै उच्च स्तरीय आधुनिक डिजिटल प्रविधियुक्त यंत्रको उत्पादन गरी श्रवण यन्त्रको प्रयोगकर्तामा उच्च क्वालीटिको श्रवण अनुभव प्रदान गर्दै आएको अवगत गराउनु भयो ।

सुस्त श्रवण जो सुकै र जुनसुकै उमेरमा हुन सक्दछ तसर्व यसले सामान्य जिवनयापन गर्नमा बाधा पुयाउनु हुँदैन । त्यसका लागि नयाँ प्रविधि युक्त सिग्नीया हेयरिङ्ग एडले यस्ता श्रवण समस्या भएका मानिसहरुमा सुन्ने क्षमताको सुधार गर्दै तनाव मुक्त जिवन जिउने आत्मा विश्वास जगाउँछ । त्यसैले हामीहरूले नेपालका श्रवण समस्या भएकाहरूमा सहयोग गर्न पाउँदा खुसी लागेको छ “उहाँले भन्नुभयो ।”

यस कार्यक्रममा डा. मिलन महर्जन  (ENT Surgeon) रजत गौतम (निर्देशक- वरिष्ठ अडियोलोजिष्ट), निता केशरी भट्टराई (अध्यक्ष श्रुती संस्था) लगायत अन्या महानुभावहरूको उपस्थिति रहेको थियो ।