• गृहपृष्ठ
  • महालक्ष्मी वडा नं. ७ मा बनेका कृयापुत्री भवन अलपत्र अवस्थामा

महालक्ष्मी वडा नं. ७ मा बनेका कृयापुत्री भवन अलपत्र अवस्थामा

Jan 31st, 2023

ललितपुर, माघ १७
ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ७ मा निर्माण भएको कृयापुत्री भवन अलपत्र अवस्थमा पुगेको छ । महालक्ष्मी नगरपालिका वडा नं. ७ को विनियोजित बजेटबाट करोडौं रकम बाट निर्माण भएको भवन संचालनमा आएको छैन । कृयापुत्री बस्ने खाली भवन छ ।

पर्खाल नहुँदा चोरी समेत भएको वडा नं. ७ का वडा अध्यक्ष बाबुराजा महर्जनले जानकारी गराए । चोरी हुनुको कारण भवनको पर्खाल नहुनु र कृयापुत्री बस्ने कोठा त छन् पर्खाल नहुँदा कृयापुत्रीको लुगा सुकाउँदा समेत पशु पंछी कुकुर सिधै प्रवेश गर्न सक्ने हुनाले त्यस भवनमा संचालनमा नआएर अलपत्र अवस्थामा रहेको बुझिएको छ ।