• गृहपृष्ठ
  • कृष्ण मन्दिर चाङ्गाथली रोड ६ वर्ष सम्म बनेनः साना व्यापारी भन्छन् राती सुत्न गारो भो

कृष्ण मन्दिर चाङ्गाथली रोड ६ वर्ष सम्म बनेनः साना व्यापारी भन्छन् राती सुत्न गारो भो

Jan 28th, 2023

ललितपुर ,१४माघ
ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं.४, ५, ७ हुदै लुभू सम्म जाने रोड ६ वर्ष सम्म कालो पत्रे हुन नसकेर अलपत्र अवस्थमा परेको छ । फैन्सी पसले इन्द्रिरा आचार्य भन्छिन् नाक, आँखा, घाँटीको समस्याले श्वास फेर्न गारो, नाकबाट रगत बग्ने समस्या हुने सुत्न समेत नसकिने समस्या आएको, पसलमा नयाँ रेडिमेट सामान हाल्यो धुलोले पुरानो जस्तो हुनाले ग्राहकहरु सामान हेरेर मात्र जाने गरेको गुनासो पोखिन के गर्ने सटर नखोले भाडा तिर्नु पर्ने र वाल बच्चाको पेट भर्न पर्ने र पढाउन पर्ने समस्या छ व्यापार छैन । अर्का किराना व्यापारी हिरा बास्तोला भन्छन् सटर नखोले वाल बच्चाको लालन, पालन, पठनपाठन गर्न गारो खोलौं वर्षामा हिलोले बच्चाको जुत्ता डुब्ने हिउदमा धुलो उडेर आँखा, नाक, घाँटी समस्या आउने छदैछ । ग्राहकले सामान माग्छन् दियो यस्तो पुरानो छ भनेर रिसाउने गरेको गुनासो गर्छन् । हामी गरिवलाई समस्यै समस्या चुनावमा जति आउछन् हास्दै यसो गर्छु उसो गर्छु भन्छन् जिते पछि वास्तै गर्दैनन् ।

अर्की पसले यसोदा थापा साढे १ वर्ष देखि स्टेशनरी पसल चलाउदै आएकी भन्छिन सटर नखोले व्यापार नहुने खोलौं पानी पर्दा हिलो घाम लागे धुलो उड्नाले रोगी त भइयो भइयो सामान समेत फोहोर हुने र विदाको दिन बच्चा स्कूल नजाने हुनाले बच्चा लिएर पसलमा बस्दा बच्चाको स्वास्थ्यमा समेत समस्या आएको बताउँछिन् । यस विषयमा सम्बन्धित पालिका सूचना अधिकारी भन्छन् ठेकेदार भागे हामीले के गर्ने वडाका अध्यक्षहरु भन्छन् कहिले हुन्छ भन्ने हामीलाई थाहा छैन नगरपालिकामा बुझ्नुस ।