• गृहपृष्ठ
  • महालक्ष्मी काँग्रेसले चित्रकारलाई गर्यो सम्मान

महालक्ष्मी काँग्रेसले चित्रकारलाई गर्यो सम्मान

Jan 28th, 2023

ललितपुर ,१४माघ
ललितपुरको महालक्ष्मी नगर समितिले बागमती प्रदेश सभाका ललितपुर क्षेत्र नंं. २ ख प्रदेश सभाका नव निर्वाचित सदस्य तथा बागमती प्रदेश संसदीय दलका उपनेता राम कृष्ण चित्रकारलाई सम्मान गरेको छ । नव निर्वाचित बागमती प्रदेश सदस्य रामकृष्ण चित्रकारले सम्बोधन गर्दै यो जित मेरो नभई सम्पूण नेपाली काँग्रेस संग सम्बद्ध सम्पूर्ण जनताको भएको आम निर्वाचनमा तपाईहरुले नेपाली काँग्रेसलाई सव भन्दा ठूलो पार्टी बनाएकोमा धन्यवाद समेत दिए । सभामा महालक्ष्मी नगरपालिकाकी उपमेयर तथा बागमती प्रदेश सभा सदस्य लक्ष्मी महर्जनले आफ्नो समय सम्पूर्ण जनताको सेवामा लागि परेको बताइन ।

त्यस्तै बागमती प्रदेश सभापती दिवाकर नेपालले ५ वर्ष अगाडीको चुनावमा ८ हजार मत पाएको नेपाली काँग्रेसले हाल ३९ सय मत आएकोमा दोषी को कस्ले जिम्मेवारी कस्ले लिने अब जिम्मेवारी सबै संगठनका पदाधिकारीले लिनु पर्ने जिकिर गरे । क्षेत्रीय सभापती महेश खड्काले नेपाली काँग्रेस भित्रका सम्पुर्ण नेता तथा महालक्ष्मी नगरभित्रका पार्टी संगठनका जिम्मेवार पदाधिकारीहरुले संगठन सुधार गरेर नगए ५ वर्ष पछि नेपाली काँग्रेस पार्टी समाप्त हुने विचार व्यक्त गरे । नगर सभाका सभापति दिवाकर सिल्वालले यस महालक्ष्मी नगर नेपाली काँग्रेस कमजोर भएका कारण महालक्ष्मी नगरका मेयरले वडामा आउने बजेट समेत कटौती गरी साढे २ करोड बाट ५० लाखामा झारेको जथाभावी एकलौटी ढङ्गले निर्णय गरेको बताए ।