• गृहपृष्ठ
  • महालक्ष्मी नगरपालिका भवन लुभूमा बन्ने

महालक्ष्मी नगरपालिका भवन लुभूमा बन्ने

Jan 12th, 2023

ललितपुर ,पौष २८

ललितपुरको लुभूमा महालक्ष्मी नगरपालिका भवन बन्ने भएको छ । आज बसेको नगरको दोश्रो नगर सभाले महालक्ष्मी नगरपालिका वडा नं. ८ स्थित देवी चौर स्थित २६ रोपनी जग्गा भएको हातामा बनाइने भएको छ ।

नगर सभाले नगरपालिको हाल सम्मको बेरुजू नियमित गराउने, विनियोजित विद्येयक संसोधन, नगरपालिका अन्तर्गतका कर्मचारी संगठन संशोधन विद्येयक पारित समेत गरेको छ । यस अघि पनि नरपालिका भवन बनाउन जग्गा नभएको कारणले नगर कार्यपालिका भाडामा बस्दै आएको थियो ।