• गृहपृष्ठ
  • सामाजिक दायित्व वहनमा कृषि विकास बैंकको ५ लाख टोल सुधारलाई सहयोग

सामाजिक दायित्व वहनमा कृषि विकास बैंकको ५ लाख टोल सुधारलाई सहयोग

Jan 7th, 2023

काठमाडौं, पौष २३
कृषि विकास बैंकको सामाजिक दायित्व अन्तरगत ललितपुरको वडा नं. १० का टोल सुधार समिति कुपण्डोललाई रु. ५ लाख बराबरको स्वास्थ्य ल्याव संचालनार्थ सहयोग गरेको छ ।

सो कार्यक्रममा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदी, पूर्व प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, शाखा संचालन तथा बजार विभागका प्रमुख मिनराज पोखरेल, मुख्य लगनखेल शाखा प्रवन्धक नारायण आचार्य, कुपण्डोल शाखा प्रवन्धक प्रमोद कुमार ढकालको उपस्थितिमा गरेको थियो । सो कार्यक्रममा टोल सुधार समितिका अध्यक्ष मथुरा बिष्ट, वडा नं. १० का वडा अध्यक्ष रबिन व्यञ्जनकार, स्वास्थ्य सेवी तथा स्वास्थ्य सुधार समिति उपाध्यक्ष अमर अमात्यले आफ्नो धारणा राख्नु भएको थियो ।

कार्यक्रममा कृषि विकास बैंकले सामुदायिक कार्यक्रम मार्फत शिक्षा, स्वास्थ्य, खानेपानी सरसफाईमा देश भरिनै जन समुदायको हितमा हातेमालो गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका थिए । वडा नं. १० का वडा अध्यक्ष रविन व्यञ्जनकारले वडा बासीहरुको समस्या नै शिक्षा, स्वास्थ्य, खानेपानी भएकोले सो क्षेत्रमा विशेष ध्यान जाने विचार व्यक्त गरे ।