• गृहपृष्ठ
  • टिकेश्वर कृषि बहुउद्देश्यीय सहकारी संस्थाको १५ औं साधारण सभा सम्पन्न

टिकेश्वर कृषि बहुउद्देश्यीय सहकारी संस्थाको १५ औं साधारण सभा सम्पन्न

Jan 7th, 2023

ललितपुर, पौष २३
टिकेश्वर कृषि बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो १५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभामा बागमती प्रदेश सभा सदस्य तथा महालक्ष्मी नगरपालिकाका पूर्व मेयर रामेश्वर श्रेष्ठको प्रमुख आतिथ्यमा भएको थियो । सभामा सम्बोधन गर्दै श्रेष्ठले थोपा थोपा रुपमा छरिएर रहेको पूँजी बाट संकलित रकम रोजगारी र उत्पादनशिल क्षेत्रका उद्यममा लगनी लगाउन आग्रह गर्दै शेयर धनीका लगानी खेर नजाने क्षेत्रमा ऋण लगानी बढाउनु पर्ने बताउदै संस्थाले ऋण लगानी गर्दा विचार पु¥याउन समेत आग्रह गरे । विशेष अतिथि महालक्ष्मी नगरपालिका वडा नंं. ५ का वडा अध्यक्ष कपिल के.सी. ले बचत नै विकासको मुख्य स्रोत भएको बताउँदै टिकेश्वर बहुउद्देश्यीय सहकारी संस्थाले विगतमो खानेपानी, मोल र कृषिमा सेवा पु¥याउदै आएकोमा अब पनि त्यस्ता कार्यमा निरन्तरता दिन आग्रह गरे ।

सभामा राष्ट्रिय सहकारी बैंक इमाडोल शाखाकी प्रमुख अनुजा सैंजूले हाल देशमा भैरहेको तरलता अभावमा समेत यस सहकारीले निरन्तर मुनाफा गर्न सकेकोमा खुसी व्यक्त गरिन् । टिकाथली खानेपानी तथा सरसफाई उपभोक्ता समितिकी सदस्य शारदा राईले सहकारीले पैसाको मात्र काम नगरी टोल समाज सरसफाई गर्न समेत संस्थाले उचित ध्यान दिन समेत आग्रह गरिन् । अतिथिहरुमा आधारभूमि डट कमका अध्यक्ष बलराम वाग्ले, संस्थाका सल्लाहकार तथा समाजसेवी कृष्ण रानामगर, संस्थाका सल्लाहकार रमेश ऐर, समाजसेवी राम बा. बुढाथोकी, सल्लाहकार सूर्य बस्नेत, राष्ट्रिय बक्सिङ्ग संघ नेपालका प्रमुख प्रशिक्षक प्रकाश थापा मगर, ललितपुर जिल्ला खेलकूद संघका सुवास थापा मगर लगयतका उपस्थितिमा सम्पन्न भएको थियो ।

सभाको सभापतित्व संस्थाका अध्यक्ष शरद रानामगरले गरेका थिए । संस्थाको जम्मा निक्षेप शेयर पूँजी ८ करोड ५२ लाख ३८ हजार ९ सय ५४ रुपैयाँ ८५ पैसा भएकोमा कर्जा लगानी ६ करोड २६ लाख ३४ हजार १ सय ९४ नब्बे रुपैयाँ ७९ पैसा भएको संस्थाका कोषाध्यक्ष प्रभात बुढाथोकीले जानकारी गराए ।