• गृहपृष्ठ
  • महालक्ष्मी नगरपालिकामा वडा नं. ६ बाहेक खेतीयोग्य जग्गा शून्य : धमाधाम हुँदैछ अबैध प्लटिङ्ग सम्बन्धित पालिका मौन

महालक्ष्मी नगरपालिकामा वडा नं. ६ बाहेक खेतीयोग्य जग्गा शून्य : धमाधाम हुँदैछ अबैध प्लटिङ्ग सम्बन्धित पालिका मौन

Jan 5th, 2023

ललितपुर, पौष २१
ललितपुरको महालक्ष्मी नगरपालिका भित्रका ६ नं. वडा बाहेक देखि ९ वडा भरी खेतीयोग्य जग्गा नभएको बुझिएको छ । यस अघि भूमि व्यवस्था सहकारी मन्त्रालयले २०७९ जेठ २ गते भू–उपयोग नीयमावलीको समेत वेवास्ता गरी धमाधन अवैध जग्गा प्लटिङ्ग गरेको महालक्ष्मी नगरपालिका वडा नं. ९ वडा सदस्य शसीधर पोखरेलका अनुसार स्थानीयको विरोध र वडाको विरोध हँुदा हुदै धमाधम अबैध प्लटिङ्ग गर्दै आएता पनि सम्बन्धित महालक्ष्मी नगरपालिका भने मौन समर्थनमा प्लटिङ्ग गर्नमा सहयोग गरिरहेकोे बताए ।

यस विषयमा काठमाडौं उपत्यका विकास प्राधिकरणका इञ्जिनीयर पर्ण महर्जनले यस कार्यालयबाट स्वीकृत कुनै नलिएको बताए । ललितपुर मालपोत कार्यालयका प्रमुख उमेश कुमारका बताउँछन् यस प्लटिङ्गको विषयमा मलाई जानकारी छैन फाँटवालालाई सोध्नु भन्ने जवाफ दिए ।