• गृहपृष्ठ
  • सामाजिक विकासका लागि महिला अभियानको बनभोज

सामाजिक विकासका लागि महिला अभियानको बनभोज

Jan 1st, 2023

ललितपुर, १७ पुष

ललितपुरको सिस्नेरीमा सामाजिक विकासका लागि महिला अभियानले बनभोजको कार्यक्रमको आयोजना गरेको छ। बनभोज कार्यक्रममा ललितपुरका नेकपा एमालेका पोलिट ब्यूरो सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज शुशिला नेपाल, सह इन्चार्ज हरिकृष्ण व्यञ्जनकार, ललितपुर क्षेत्र नंं. २ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य माननीय प्रेम बा. महर्जन, नवनिर्वाचित बागमती प्रदेश सभा सदस्य माननीय रामेश्वर श्रेष्ठ, नेकपा ललितपुर जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम आचार्य, महालक्ष्मी नगर पालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठ, नेकपा एमाले केन्दीय सेलकूद विभाज सचिव मेघराज पौडेल जिल्ला कमिटी सदस्य ध्रुव कटवाल, सदस्य देविका राई, कल्पना श्रेष्ठ, बागमती प्रदेश कमिटी सदस्य चिरञ्जीवी आचार्य, क्षेत्रीय सदस्य अष्टवीर व्यञ्जनकार, महालक्ष्मी नगर कमिटी उपाध्यक्ष बैकुण्ठ बुढाथोकी, नगर कमिटी सदस्य बलराम वाग्ले, महालक्ष्मी नगरपाकिा वडा नं.१० वडा अध्यक्ष बिजय साङ्गताङ्ग लामा, वडा नं. का २ की निर्वाचित महिला वडा कमिटी सदस्य कला भण्डारी, ३ की निर्वाचित महिला सदस्य सुनिता पोखरेल, काँग्रेसकी निर्वाचित वडा नं. ७ की महिला सदस्य पूर्णलक्ष्मी महर्जन, नेकपा एस पार्टीका पोलिटव्यूरो सदस्य माधव पौडेल, महालक्ष्मी नगरकमिटी संयोजक नकुल थापा लगायतका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमको संयोजक ललितपुर जिल्ला कमिटी सदस्य तथा सामाजिक विकासका लागि महिला अभियानकी अक्ष्यक्ष आशा राईले गरेकी थिइन ।