टोखा न.पा. ८ मा गोमा माताको आश्रममा चोरी

Dec 26th, 2022

काठमाडौं ,पौष ११
काठमाडौंको टोखा नगरपालिकामा गत असार देखि सिद्धी गणेश मन्दिरमा आरती गर्दै आउनु भएकी गोमा माताको आश्रमबाट भक्तहरुले चढाउदै गरेको भेटी नगद, चाँदी र तामाका सामाग्री गरी करीव ६ लाख ५० हजार रुपैयाँ बराबरको सामान समेत गत शुक्रबार राती १२ बजे चोरी भएको छ । गोमा माताले नेपाल भूमि र नेपाली जनताको सुख, शान्तीको लागि महायज्ञ लगाउन र सिन्धुपाल्चोकमा नाग देवताको मन्दिर स्थापना गर्नका लागि माताले आफ्ना भक्तहरुबाट सेवा गरे वापत भेटी संकलन गर्दै आउनु भएको थियो । उहाँ सरल स्वभावको र आफुमा दैवी शक्ति आएको भनी भक्तहरुको सेवा गर्दै आउनु भएको थियो ।

भक्तहरुको सहयोग गरेको भेटी रकम चोरी भएकोमा ज्यादै गोमा माता दुखित हुनुहुन्छ । चोरी हुने संकेत पाएर उहाँले पटक पटक नेपाल प्रहरी, टोखानगरपालिका वडा नं. ८ मा जानकारी गराउँदा समेत प्रहरी र वडा कार्यालयले बेवास्ता गरेको जानकारी आधारभूमिलाई गराउनु भयो ।