शंखादेवी चौडोल उकालो ढलान सम्पन्न

Dec 25th, 2022

ललितपुर, पौष १०
ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ८ स्थित शंखादेवी चौडोल उकालो ढलान सम्पन्न भएको छ । महालक्ष्मी नगरपालिका वडा नं. ८ बाट २७ लाख बजेट र जनसहभागिताबाट ३ लाख गरी शंखादेवी चौडोल उकालो ढलान सिमथली टोल विकास समितिका अध्यक्ष बेद बहादुर खड्का आधारभूमिलाई जानकारी गराए ।

त्यस्तै महालक्ष्मी नगरपालिका वडा नं. ८ कै फुलवारी टोल बाट विश्वमित्र मा.वि. सम्म जाने ढुङ्गाको वाल लगाउने काम ७० प्रतिशत महालक्ष्मी नगरपालिका वडा नं.८ बाट र ३० प्रतिशत जनसहभागिताबाट व्यहोर्ने गरी काम भैरहेको उपभोक्ता समितिका अध्यक्ष अर्जुन खड्काले जानकारी गराएका छन् ।