• गृहपृष्ठ
  • डिउटीमा चलाउछन् फेसबुक प्रहरी र कर्मचारीहरु

डिउटीमा चलाउछन् फेसबुक प्रहरी र कर्मचारीहरु

Dec 25th, 2022

काठमाडौं ,पौष १०
आजकल फेसबुक मोह बढ्दै गएको छ । के बालक, के बृद्ध, के युवा, के युवती, के बयस्क, सबैमा फेसबुक मोह बढेको देखिन्छ । फेसबुकले केहीको घरबार बनाएको पनि देखिन्छ । केहीको विगारेको पनि देखिन्छ । हाल आएर फेसबुक अब गैर पत्रकारले पनि समाचारहरु सम्पे्रषण गर्ने काम गरेको देखिएको हालै मात्र सुर्खेतमा चलिरहेको पत्रकारहरुको महाधिवेशनले पत्रकारको रोजगार समेत धरापमा पर्ने अवस्था आउन सक्ने आंकलन पत्रकारहरुको महा संगठन पत्रकार महासंघले गरेको छ । त्यस्तै फेसबुक अब टाइम पासको माध्यम पनि बनिसकेको छ ।

त्यसैले जनताको सेवामा तलब, भत्ता लिएर खटिएका प्रहरीहरुले फेसबुक चलाए, टिकटक बनाए प्रहरी नियमावली अनुसार कारवाही हुने प्रहरी प्रबक्ता टेक प्रसाद राईले बताए । कर्मचारीहरु पनि डिउटीमा काम नगरी फेसबुक चलाउने हुदा जनताको सूरक्षा र सेवाग्राहीको सेवामा ध्यान नदिएको समाचार यत्रतत्र नआएको होइन । त्यसैले पहिलेका सरकार अब बन्ने सरकारले डिउटी र कार्यालय समयमा फेसबुक चलाउन दिने कि नदिए भन्नेमा ठोस निष्कर्षमा पुगेको देखिदैन ।