गोदावरी खोला दिन दिनै प्रदुषित बन्दै

Dec 25th, 2022

ललितपुर,पौष १०
ललितपुरको गोदावरी गुण्डबाट बग्ने एक मात्र धार्मिक पवित्र गोदवरी खोला दिन दिनानुदिन प्रदुषित बन्दै गएको छ ।

गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकामा बढ्दो अव्यवस्थित जथाभावी जग्गा प्ललिङ्ग गरी अव्यवस्थित शहरीकरण गरेको, गोदावरी खोलाको दायाँ बायाँ बढ्दो खानेपानीको ट्याङ्करले पानी तानी नदीको बहाव कम हुने र पानीको बहाव कम गरी पानी बिक्री व्यवसाय गरेको कारण घना बस्तीबाट अस्थाई ढल निर्माण गरी गोदावरी खोलामा सिधै मिसाईएका कारण सो बस्तीबाट जथाभावी फोहोर फ्याक्ने गरेकोले, खोला सफा गर्नु पर्छ भन्ने मानसिकता विकास नभए सम्म गोदावरी खोला सफाई नहुने गोदावरी खोला क्षेत्र सरसफाई अभियन्ता गोपी कार्की बताउँ छन् ।