तोलामा २०० ले बढ्यो सुनको मूल्य

Dec 25th, 2022

काठमाडौं ,पौष १०

आज ​सुनको मूल्य बढेको छ । शुक्रबार तोलामा एक लाख ३०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला २०० ले बढेर एक लाख ५०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला २०० ले बढेर एक लाखमा कारोवार भएको छ । यस अघि शुक्रबार तेजावी सुन रु ९९ हजार ८०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य आज स्थिर रहेको छ । महासङ्घले आजको लागि पनि चाँदीको मूल्य एक हजार ३९० तोकेको छ ।