• गृहपृष्ठ
  • महालक्ष्मी वडा नं. ७ बासीले ३ महिना भित्र पिउन योग्य पानी पाउने

महालक्ष्मी वडा नं. ७ बासीले ३ महिना भित्र पिउन योग्य पानी पाउने

Dec 20th, 2022

ललितपुर, ५ पौष
ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ७ मा रहेको चाङ्गथली खानेपानी तथा सरसफाई उपभोक्ता समितिले बितरण गर्दै आएको पानी अब ३ महिना भित्र पनी पिउन योग्य हुने महालक्ष्मी नगरपालिका वडा नं. ७ का वडा अध्यक्षले बाबुराजा महर्जनले बताएका छन ।

सो समितिले बर्सौं देखि पानी बितरण गर्दै आएकोमा अब भने संघीय खानेपानी डिभिजन कार्यालयको पहलमा जर्मन फिल्टर प्लान प्रविधिबाट पानी फिल्टर गराई पानी पिउन योग्य बनाई पानी बितरण गर्न लागिएको वडा अध्यक्ष महर्जनले आधारभूमिलाई जानकारी गराए ।