अस्थाई पुल उद्घाटन

Dec 20th, 2022

सोलुखुम्बु, ५ पौष

सोलुखुम्बु जिल्ला नेचासल्यान गाउँ पालिकामा अस्थाई पुल संचालनमा आएको छ । पुल नेचासल्यान गाउँ पालिका अध्यक्ष धनजन राईले उद्घाटन गरेका हुन । सो ठाउमा अस्थाई पुल नहुदा त्यस भेगका जनताले निक्कै सास्ती खेप्दै आएका थिए । अस्थाई पुल निर्माण भएपछि स्थानीय खुशी भएका छन् ।

सो अस्थाई पुल निर्माण ह्युम पाईप बाट निर्माण गरिएको नेचासल्यान गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष सिताराम काफ्लेका अनुसार सो पुल निर्माण भएपछि नेचासल्यान र थुलुङ्ग दुधकोशी गाउँपालिका बासिन्दाहरुलाई सवारी साधन सजिलै आवात जावत गरी सामान ढुवानीमा पनि सहजता हुने स्थानीयको भनाई छ ।