• गृहपृष्ठ
  • महालक्ष्मी नगरमा योजना कार्यान्वयन गर्न विषयगत बैठक

महालक्ष्मी नगरमा योजना कार्यान्वयन गर्न विषयगत बैठक

Dec 13th, 2022

ललितपुर, २६ मंसिर
महालक्ष्मी नगरपालिका मेयर हरि गोविन्द श्रेष्ठले मनपामा योजना कायान्वयन गर्न महालक्ष्मी नगरपालिकामा बजेट कार्यान्वयनका लागि बैठक गरेका छन् ।

बैठकमा पूर्वाधार विकास कार्यालय, जलश्रोत तथा सिचाईं डिभिजन कार्यालय, भू–जलाधार कार्यालय, डिभिजन वन कार्यालयहरुको उपस्थितिमा छलफल गरी योजना कार्यान्वयन र बजेटमा हुने दोहोरो बजेट नियन्त्रण गर्ने निर्णय गर्ने विषयमा छलफल समेत गरेका छन् । छलफलमा मनपाका प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवाली, इन्जिनियर लव कुमार गुप्ता, पुष्प अधिकारी लगायत सम्बन्धि कार्यालयका प्रतिनिधिहरुको उपस्थितिमा भएको थिए ।