• गृहपृष्ठ
  • अपर तामाकोशी हाइड्रोपावरको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष, सह विक्री प्रबन्धकमा सनराईज क्यापिटल

अपर तामाकोशी हाइड्रोपावरको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष, सह विक्री प्रबन्धकमा सनराईज क्यापिटल

Dec 12th, 2022

ललितपुर, मंसिर २६

अपर तामाकोशी हाइड्रोपावर लिमिटेड को १:१ को अनुपातमा अर्थात (१ कित्ता शेयर बराबर १ कित्ता शेयर) का दरले साबिकका शेयरधनीहरूलाई जारी गर्न लागेको प्रति शेयर रु.१००/_ दरले हुने १०‚५९‚००‚००० कित्ता हकप्रद साधारण शेयरको हुने रकम रु १०‚५९‚००‚००‚०००/_ बराबरको हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्ध सेवाको लागि नागरिक लगानी कोषलाई नियुक्त गरेको छ । नागरिक लगानी कोष र अपर तामाकोशी हाइड्रोपावर लिमिटेड बीच हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्ध सेवा प्रदान गर्नको लागि आज दुइ पक्षिय सम्झौता–पत्रमा हस्ताक्षर भएको हो ।

नागरिक लगानी कोषले आफु मुख्य निष्काशन तथा विक्री प्रवन्धक भई सनराइज क्यापिटल लिमिटेड‚ कमलपोखरीलाई सहनिष्काशन तथा विक्री प्रवन्धकको रुपमा नियुक्त्त गरेको छ ।