• गृहपृष्ठ
  • महालक्ष्मी नगरपालिका ७ मा बाटो र खेलकूद पूर्वाधार ढलान सम्पन्न

महालक्ष्मी नगरपालिका ७ मा बाटो र खेलकूद पूर्वाधार ढलान सम्पन्न

Dec 10th, 2022

ललितपुर, २४ मंसिर

महालक्ष्मी नगरपालिका वडा नं. ७ स्थित स्याम महर्जनको घरबाट उत्तरपट्टिको बाटो स्तरउन्नति काम सम्पन्न भएको छ । जम्मा लागत ५ लाख ५५ हजार ८ सय ३० रुपैयाँ ५८ पैसामा ३० घना मिटरको बाटो ढलान गर्ने काम सम्पन्न भएको छ । मनपाले ५ लाख र जनसहभागिता बाट ५५ हजार ८ सय ३० व्यहोर्ने गरी सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष शुभराज राईले आधारभूमिलाई जानकारी गराए ।


त्यस्तै सोही मनपा वडा नं. ७ मा खेलकूद पूर्वाधार विकासमा ५ लाख ५५ हजार ६ सय ६२ रुपैयाँ ६० पैसा लागतमा १२ सय स्क्वायरको खेलकूद पूर्वाधार निर्माणका ढलान कार्य सम्पन्न भएकोमा मनपाबाट ५ लाख र जनसहभागिताबाट ५५ हजार ६ सय ६२ रुपैयाँ ६० पैसा व्यहोर्ने गरी निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष निराजन आले मगरले जानकारी गराए ।