• गृहपृष्ठ
  • कर्मनासा कोरिडोरको बाटो खुल्ने काम तिब्र गतिमा

कर्मनासा कोरिडोरको बाटो खुल्ने काम तिब्र गतिमा

Dec 10th, 2022

ललितपुर, २४ मंसिर

ग्वार्कोमा फ्लाइओभर पुल निर्माणको काम शुरु भए पछि ग्वार्को जाने बढ्दो सवारी जामलाई कम गर्ने उद्देश्ले महालक्ष्मी नगरपालिका वडा नं. २ स्थित ग्वार्को पुलबाट उत्तर पट्टिको काठ कारखाना हुदै कर्मनासा कोरिडोर खुल्ने काम तिब्र गतिमा सुचारु भएको छ ।

करीब ५ किलोमिटर बाटो खुलाउन महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठको सक्रियतामा कोरिडोरको काम निर्माण भएकोमा सो बाटो निर्माणको निरीक्षण गरी यस अघि पनि कर्मनासा पुलको दक्षिण पट्टिको करिडोरको बाटोमा भएको घर टहरा हटाउन सक्रियता देखाई घर टहरा हटाउन सक्रिय रहेका थिए । अब यस्ता कोरिडोरहरु सबै नदीहरुमा खुलाउदै जाने बताउदै कोरिडोर खुलेपछि बालकुमारी र सातदोबाटो जाने सवारी साधनहरुलाई सहज हुने धारणा राख्दै अन्य यस्ता कोरिडोर खुल्दै जाने समेत बताए ।