लैङ्गिक हिंसा विरुद्ध प्रभातफेरी

Dec 9th, 2022

ललितपुर, २३ मंसिर

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत ललितपुरको महालक्ष्मी नगरपालिकामा रहेको महालक्ष्मी महिला शसक्तिकरण संजालको आयोजना र आधारभूमि डट कम, ओरेक नेपाल, महानगरीय प्रहरी प्रभाग इमाडोल र महालक्ष्मी नगरपालिकाको सहकार्यमा इमाडोलको कमलपोखरीको सामुदायिक भवन देखि सिद्धिपुरको साइकल चोकसम्म प्लेकार्ड सहित लैङ्गिक हिंसा विरुद्ध प्रभातफेरी आयोजना गरिएको छ । कार्यक्रमको प्रमुख अतिथि महालक्ष्मी नगरपालिकाकी उपमेयर लक्ष्मी महर्जनले बोल्दै लैङ्गिक हिंसामा परेका पिडितहरु घरमा चुप लागेर बस्नु भन्दा सम्बन्धित वडा वा महालक्ष्मी नगरपालिकामा आई उजुरी दिन आग्रह गर्दै लैङ्गिक हिंसा परेका पिडित व्यक्तिका लागि एक कोष समेत स्थापना पनि भैसकेको बताइन् ।

त्यस्तै अतिथिहरुमा आधारभूमि डटकमका अध्यक्ष बलराम वाग्ले, शिक्षिका रिशा श्रेष्ठ, ओरेककी सुनिता मैनाली, महालक्ष्मी नगरपालिका वडा नंं. ५ का वडा अध्यक्ष कपिल के. सी. अन्य अतिथिहरु गोपी कार्की, पवन के.सी. मिला श्रेष्ठ, विक्रम तिरुवा, लगायतका उपस्थितिमा रहेको थियो । कार्यक्रमको अध्यक्षता निन्जु प्रधानले गरेकी थिइन् ।