सुनको मूल्य तोलाको एक लाख ३००

Dec 9th, 2022

काठमाडौं, २३ मंसिर 

आज ​पनि सुनको मूल्य बढेको छ । बिहीबार तोलामा ९९ हजार ७०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला ६०० ले बढेर एक लाख ३०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ६०० ले बढेर ९९ हजार ८०० मा कारोवार भएको छ । यस अघि बिहीबार तेजावी सुन रु ९९ हजार २०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३० ले बढेर रु एक हजार ३९० तोकिएको महासङ्घले जनाएको छ ।