फ्रान्स विश्वकपको क्वाटरफाइनलमा

Dec 5th, 2022

काठमाडौं,मंसिर १९

साविक विजेता फ्रान्स विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।आइतबार राति भएको अन्तिम १६ को खेलमा फ्रान्सले पोल्याण्डलाई ३-१ ले पराजित गर्दै विश्वकपको क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

फ्रान्सलाई जित दिलाउन केलियन एमबाप्पेले दुई गोल र ओलिभर जिरुडले एक गोल गरे ।पोल्याण्डका रोबर्ट लेवान्डोस्कीले एक गोल गरे।

खेलको ४४ औं मिनेटमा ओलिभर जिरुडले केलियन एमबाप्पेको पासमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।गोलसंगै जिरुडले फ्रान्सका लागि सर्वाधिक ५२ औं गोल गर्ने कीर्तिमान बनाएका छन् । जिरुडले ५१ गोल गरेका थियरी हेनरीको कीर्तिमान तोडेका हुन् ।

दोस्रो हाफको ७४ औं मिनेटमा केलियन एमबाप्पेले डेम्बेलेको पासमा गोल गर्दै टोलीलाई २-० ले अघि बढाए ।पहिलो हाफको इन्जुरी समयमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० को अग्रता दिलाए ।एमबाप्पेको यो नवौं विश्वकप गोल हो ।जारी विश्वकपमा एमबाप्पेको यो चौथो गोल हो ।अघिल्लो विश्वकपमा एमबाप्पेको ४ गोल गरेका थिए। २३ वर्षको उमेरमा विश्वकपमा ९ गोल पूरा गर्ने उनी पहिलो खेलाडी हुन्।

दोस्रो हाफको इन्जुरी समयमा पोल्याण्डका रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमा एक गोल फर्काएका थिए।

जितसंगै फ्रान्स विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।फ्रान्सले अब क्वाटरफाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।