अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश

Dec 4th, 2022

काठमाडौं,मंसिर १८

अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ।शनिबार राति भएको अन्तिम १६ को खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई २-१ ले पराजित गर्दै विश्वकपको क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन लिओनेल मेस्सी र जुलियन अल्भारेजले एक -एक गोल गरे।

खेलको ३५ औं मिनेटमा लिओनेल मेस्सीले ओटामेन्डीको पासमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ५७ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २-० ले अघि बढाए । यो खेलसँगै मेसीको आफ्नो करिअरको १०००औं खेल हो ।

खेलको ७७ औं मिनेटमा अष्ट्रेलियाले एक गोल आत्मघाती उपहार पाएको थियो ।अर्जेन्टिनाका एन्जो फर्नान्डेजले आत्मघाती गोल गरेपनि अर्जेन्टिनाले २-० को जित निकालेको हो ।

जितसंगै अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा पुग्ने दोस्रो टोली बनेको छ ।अर्जेन्टिनाले अब क्वाटरफाइनलमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । नेदरल्यान्ड्सले यसअघि अमेरिकालाई ३-१ गोलले पराजित गर्दै क्वाटरफाइनलमा पुगिसकेको छ ।अर्जेन्टिना र नेदरल्यान्ड्सबीच अब आगामी शुक्रबार खेल हुनेछ।