अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

Dec 1st, 2022

काठमाडौं,मंसिर १५

पोल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप २०२२ को अन्तिम १६ मा प्रवेश गरेको छ।बुधबार राति भएको खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई २-० ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजले एक -एक गोल गरे।

दोस्रो हाफको ४६ औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६७ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २-० को जित दिलाए ।

जितसंगै अर्जेन्टिना समूह (सी) को विजेता बन्दै तीन खेलबाट ६ अंक जोडेर अन्तिम १६ मा प्रवेश गरेको छ । पराजित पोल्याण्डले पनि तीन खेलमा ४ अंक जोडदै समूहको उपविजेता बन्दै अन्तिम १६ मा पुगेको छ।